📢 विज्ञापन (900 × 80) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्
📅
वि.सं. २०८३ कार्तिक २४, सोमबार ९ नोभेम्बर २०२६ (Monday)
📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्
कृषि

जुम्लामा मार्सीधान काट्ने चटारो

काठमाडौं ।
जुम्लामा मार्सीधान काट्ने चटारो
जुम्लामा मार्सीधान काट्ने चटारो तस्बिर: बर्दिया टाइम्स
सेयर गर्नुहोस्: Facebook WhatsApp Twitter (X)

काठमाडौं । जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको छ। दसैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताए।

किसानहरुको दैनिकी अहिले बिहानैदेखि बेलुकी अबेरसम्म खेतमै धान काटेर बित्न थालेको छ। पाण्डेका अनुसार किसानहरु दसैँ मनाउनेभन्दा बढी धान स्याहार्न व्यस्त छन्।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले मार्सीधान जुम्लाको पहिचानसँग पनि जोडिने बताए। उनका अनुसार मार्सीधानखेती गर्ने आफ्नै समय छ, सोही आधारमा जिल्लाका किसानहरू धान भित्र्याउन फाँटहरूमा व्यस्त हुने गरेको बताए।

जिल्लाभर दुई हजार ८५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकामा पछिल्ला वर्षहरूमा क्रमशः मार्सीधान लगाउने क्षेत्रफल बढ्दै गएको कार्यालयले जनाएको छ। गत वर्ष एक हजार ५०० हेक्टरमा रोपिएको मार्सीधान यस वर्ष भने एक हजार २०० हेक्टरमा मात्र खेती भएको कृषि विकास कार्यालयले जनाएको छ।

अहिले यहाँका किसानले मार्सीधानसँगै कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेको धानको जातमध्ये चन्दननाथ–१ र चन्दननाथ–३ का साथै लेकाली–१ र लेकाली–३ जातको धान रोप्ने गरेको कार्यालयले जनाएको छ। रासस

📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्
स्रोत: बर्दिया टाइम्स

admin

बर्दिया टाइम्सका आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा समर्पित।

📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *