📢 विज्ञापन (900 × 80) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्
📅
वि.सं. २०८३ कार्तिक २४, सोमबार ९ नोभेम्बर २०२६ (Monday)
📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्
विश्व समाचार

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानको सामना गर्दै छ।
विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल
विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल तस्बिर: बर्दिया टाइम्स
सेयर गर्नुहोस्: Facebook WhatsApp Twitter (X)

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानको सामना गर्दै छ।

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा हुने यो खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि सुरु हुनेछ। लिग-२ को अङ्कतालिकामा शीर्ष ६ भित्र अटाउँदै ओडीआई मान्यता कायम राख्ने होडमा रहेको नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब छ।

जारी त्रिदेशीय शृङ्खलाको सुरुआती दुई खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै क्यानडा र ओमान दुवै टोलीलाई पराजित गरेको थियो। तर, शनिबार भएको तेस्रो खेलमा भने नेपाल क्यानडासँग पराजित भयो ।

नेपालमाथिको जितसँगै क्यानडा ३६ खेलबाट २९ अङ्क जोड्दै अङ्कतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। यता ३५ खेलबाट २८ अङ्क रहेको नेपाल भने एक स्थान खस्किएर सातौँ स्थानमा झरेको छ। आजको खेलमा ओमानलाई पराजित गर्न सके नेपाल पुनः क्यानडालाई पछि पार्दै छैटौँ स्थानमा उक्लिनेछ।

विश्वकप लिग-२ को शीर्ष ६ भित्र पर्ने टोलीहरूको एकदिवसीय (ओडीआई) मान्यता जोगिने भएकाले अङ्कतालिकाको शीर्ष ६ मा पर्ने होडलाई अत्यन्तै महत्त्वपूर्ण र अर्थपूर्ण रूपमा हेरिएको छ।

📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

admin

बर्दिया टाइम्सका आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा समर्पित।

📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *