📢 विज्ञापन (900 × 80) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्
📅
वि.सं. २०८३ कार्तिक २४, सोमबार ९ नोभेम्बर २०२६ (Monday)
📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

रोल्पा पहिरो अपडेट: दुई जनाको मृत्यु, १० बेपत्ता

रोल्पा पहिरो अपडेट: दुई जनाको मृत्यु, १० बेपत्ता
रोल्पा पहिरो अपडेट: दुई जनाको मृत्यु, १० बेपत्ता तस्बिर: बर्दिया टाइम्स
सेयर गर्नुहोस्: Facebook WhatsApp Twitter (X)

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका-५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते र १० जना बेपत्ता भएका छन् ।

बुधवार राति करिब ८: ४० बजे माथिबाट खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ घर तथा गोठ पुरिएका छन् । घटनामा १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई राति करिब ११: ५५ बजे स्थानीयवासीको सहयोगमा घाइते अवस्थामा उद्धार गरिएको थियो ।

थप उद्धारका लागि बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको नेतृत्वमा विपद् उद्धार सामग्रीसहित १३ जनाको टोली घटनास्थल पुगेको छ। प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसमेत बिहान घटनास्थल पुगेका छन् ।

प्रारम्भिक विवरणअनुसार पहिरोमा थप १० जना पुरिएको आशङ्का गरिएको छ । घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको र फोन सम्पर्क हुन नसकेकाले क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

admin

बर्दिया टाइम्सका आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा समर्पित।

📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *