विज्ञापन
📅
वि.सं. २०८३ कार्तिक २५, बुधबार ११ नोभेम्बर २०२६ (Wednesday)

मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत

मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत
मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत तस्बिर: बर्दिया टाइम्स

काठमाडौँ। एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले आयोजक मलेसियाविरुद्ध टस हारेर फिल्डिङ गरिरहेको छ ।

यी दुई टोलीबिचको खेल बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा भइरहेको हो । नेपालले बिहीबारको खेलमा पनि उत्कृष्ट बलिङ गरिरहेको छ ।

एक्काइस ओभरमा नेपालले मलेसियाको पाँच विकेट लिइसकेको छ । जारी प्रतियोगितामा नेपाल र मलेसिया लगातार दोस्रो जितको खोजीमा छन् ।

नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेटले हराएको थियो । नेपाली टोली दोस्रोपटक प्रिमियर कपको उपाधि जित्ने योजनामा छ । रासस 

💬 प्रतिक्रिया दिनुहोस्