📢 विज्ञापन (900 × 80) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्
📅
वि.सं. २०८३ कार्तिक २४, सोमबार ९ नोभेम्बर २०२६ (Monday)
📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

मनिषालाई वर्ष युवा खेलाडी अवार्ड

काठमाडौं,नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्टस् अवार्ड २०८२ अन्तर्गत वर्ष युवा खेलाडीको अवार्ड करातेकी मनिषाकुमारी बोहोराले प्राप्त गरेकी छन्।
मनिषालाई वर्ष युवा खेलाडी अवार्ड
मनिषालाई वर्ष युवा खेलाडी अवार्ड तस्बिर: बर्दिया टाइम्स
सेयर गर्नुहोस्: Facebook WhatsApp Twitter (X)

काठमाडौं,नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्टस् अवार्ड २०८२ अन्तर्गत वर्ष युवा खेलाडीको अवार्ड करातेकी मनिषाकुमारी बोहोराले प्राप्त गरेकी छन्। 

मनिषाले २३औं क्याडेट, जुनियर तथा यु–२१ कराते च्याम्पियनसिपमा काश्य पदक, श्रीलंकामा भएको नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण र ५६औं राष्ट्रिय कराते च्याम्पियनसिपको ६१ केजी तौल समूहमा स्वर्ण पदक जितेकी थिइन्। 

यो विधामा बक्सिङका अर्पिल राना, करातेका रेहान जावेद, चेसका पुरुषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तव मनोनयनमा परेका थिए।

एनएसजेएफ पल्सर स्पेशल अवार्ड करातेका प्रशिक्षक ध्रुव विक्रम मल्ललाई दिइएको छ। मल्ल बालाजु कराते डो प्रतिष्ठान सञ्चालन गर्दै आइरहेका छन्।

📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

admin

बर्दिया टाइम्सका आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा समर्पित।

📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *