📢 विज्ञापन (900 × 80) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्
📅
वि.सं. २०८३ कार्तिक २४, सोमबार ९ नोभेम्बर २०२६ (Monday)
📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

भारतीय प्रधानसेनापतिलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय प्रधानसेनापतिलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिने
भारतीय प्रधानसेनापतिलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिने तस्बिर: बर्दिया टाइम्स
सेयर गर्नुहोस्: Facebook WhatsApp Twitter (X)

काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज आयोजना हुने विशेष समारोहमा भारतका स्थल सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् ।

प्रधानसेनापति सेठ आइतबार काठमाडौं आइपुगेका हुन् । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणमा नेपाल आएका हुन् । सेठको भ्रमणलाई नेपाल–भारतबीचको परम्परागत सैन्य सम्बन्धलाई निरन्तरता दिने र द्विपक्षीय रक्षा सहकार्यलाई थप बलियो बनाउने भ्रमणका रूपमा हेरिएको छ ।

भारतको रक्षा मन्त्रालयले पनि भ्रमणको उद्देश्य नेपाल–भारतबीचको रक्षा सहकार्य तथा सैन्य–सैन्य सम्बन्धलाई थप सुदृढ गर्नु रहेको जनाएको छ ।

प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेयता भारतबाट नेपाल आउने सेठ अहिलेसम्मकै वरिष्ठ अधिकारी हुन् । उनले भारतीय प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि पहिलो विदेश भ्रमण नेपालबाट सुरु गरेका छन् । यही कारण उनको भ्रमणलाई कूटनीतिक तथा सामरिक दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ ।

काठमाडौं बसाइँका क्रममा सेठले प्रधानमन्त्री तथा रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका बालेन शाहसँग शिष्टाचार भेट गर्ने तयारी छ । त्यस्तै, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग उनले द्विपक्षीय भेटवार्ता गर्नेछन् । भेटवार्तामा नेपाल–भारत सैन्य सम्बन्ध, आपसी सहयोग तथा दुई देशका सेनाबीच हुँदै आएको सहकार्यका विषयमा छलफल हुने छ ।

सेठले सैनिक मञ्च टुँडिखेल पुगेर वीर सैनिकप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमसमेत रहेको छ । त्यसपछि जंगीअड्डामा प्रधानसेनापति सिग्देलसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ ।

📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

admin

बर्दिया टाइम्सका आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा समर्पित।

📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *