काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैंमा सर्वसाधारणलाई टीका तथा जमरा नगाउने भएका छन् । शाहले यस वर्षको बडादसैंमा टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको निर्मल निवासस्थित संवाद सचिवालयले जनाएको छ ।
संवाद सचिवालयले जारी गरेको सूचनाअनुसार गत भदौमा हिमपहिरोबाट आएको बाढी र असोजमा परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको तथा हजारौँ मानिस विस्थापित भएको अवस्थालाई ध्यानमा राख्दै पूर्वराजा शाहले यस वर्षको दसैँ सादगीपूर्वक मनाउने निर्णय गरेका हुन् ।
यस वर्ष विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको सचिवालयले जनाएको छ ।

💬 प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिन वेबसाइटमा दर्ता / लगइन हुनुपर्छ
यस समाचारमा केवल दर्ता भएका सदस्यहरूले मात्र प्रतिक्रिया दिन सक्नेछन्।