विज्ञापन
📅
B.S. 2083 Kartik 26, Thursday 12 November 2026

नेपाल विद्युत प्राधिकरणका दुई सयभन्दा बढी कर्मचारी सम्पर्कविहीन

काठमाडौं, भोटेकोशी नदीमा आएको बाढीका कारण नेपाल विद्युत प्राधिकरणका दुई सयभन्दा बढी कर्मचारी सम्पर्कविहीन भएका छन् ।
नेपाल विद्युत प्राधिकरणका दुई सयभन्दा बढी कर्मचारी सम्पर्कविहीन
नेपाल विद्युत प्राधिकरणका दुई सयभन्दा बढी कर्मचारी सम्पर्कविहीन तस्बिर: बर्दिया टाइम्स

काठमाडौं, भोटेकोशी नदीमा आएको बाढीका कारण नेपाल विद्युत प्राधिकरणका दुई सयभन्दा बढी कर्मचारी सम्पर्कविहीन भएका छन् । चिलिमे जलविद्युत आयोजनाका १५, २० जना, रसुवागढीका १०० भन्दा बढी र थ्री ए पावर हाउसका ४०, ४५ जना कर्मचारी सम्पर्कमा नआएको प्राधिकरणका  निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताउनुभयो । 

कार्यकारी निर्देशक श्रेष्ठका अनुसार जलविद्युत आयोजनको सुरुङ्गमार्ग (टनेल)मा थुनिएका कर्मचारी तथा मजदूरको अवस्था अज्ञात छ । टनेलमा छिर्नसक्ने अवस्था छैन । छिर्ने स्थान र कुन ठाउँमा के छ भन्ने निश्चित छैन । एक्सकाभेटरबाट पनि लेदो हटाउन सम्भव छैन । प्वाल पारेर अक्सिजन आपूर्ति गर्ने प्रयास गरिएको छ । नेविप्राको उच्चस्तरीय टोलीले सुरक्षा निकायसँगको समन्वयमा आफ्ना कर्मचारी र सर्वसाधारणको  खोजी तथा उद्दार कार्य जारी राखेको छ । हवाई उद्दारका लागि हेलिकप्टर पठाउँदैछौँ । गुगल म्याप जारी गरिएको छ । बाढी पुनः आउनसक्ने भएकोले सर्वसाधारण र उद्दारमा खटिएका साथीहरुलाई सतर्क रहन उहाँले अनुरोध गर्नु भएको छ ।

💬 Comments & Discussion