📢 विज्ञापन (900 × 80) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्
📅
वि.सं. २०८३ कार्तिक २४, सोमबार ९ नोभेम्बर २०२६ (Monday)
📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

थप ठूलो बाढी आउने हल्ला मात्र

थप ठूलो बाढी आउने हल्ला मात्र
थप ठूलो बाढी आउने हल्ला मात्र तस्बिर: बर्दिया टाइम्स
सेयर गर्नुहोस्: Facebook WhatsApp Twitter (X)

काठमाडौं । रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ ।

महाशाखाका अनुसार हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढी आउने कुनै विश्वसनीय आधार देखिएको छैन । नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवम् हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ ।

उक्त क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव केही बढ्न सक्ने भए पनि हालसम्म थप विनाशकारी बाढी आउने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ ।

नेपालतर्फ कुनै ठूलो बाढी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल जानकारी गराइने महाशाखाको सूचनामा उल्लेख छ ।

त्यस्तो अवस्थामा ‘एसएमएस’लगायत उपलब्ध सञ्चारमाध्यमबाट यथाशीघ्र आधिकारिक पूर्वसूचना प्रवाह गरिनेछ । महाशाखाले बाढीसम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक स्रोतलाई मात्र आधार मान्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

admin

बर्दिया टाइम्सका आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा समर्पित।

📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *