विज्ञापन
📅
वि.सं. २०८३ कार्तिक २५, बुधबार ११ नोभेम्बर २०२६ (Wednesday)

तालबाट ग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन–सरकारका प्रवक्ता एवं शिक्षामन्त्री पोखरेल

तालबाट ग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन–सरकारका प्रवक्ता एवं शिक्षामन्त्री पोखरेल
तालबाट ग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन–सरकारका प्रवक्ता एवं शिक्षामन्त्री पोखरेल तस्बिर: बर्दिया टाइम्स

काठमाडौं । सरकारले चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो तालबाट ग्ल्यासियरहरू फुटेको जानकारी गराएका छन् । यद्यपि तत्काल ठूलो जोखिम नरहेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।

बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् ।

साथै, परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको उनले बताए ।

‘परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको छ । त्यो संवादमा त्यस्तो ठूलो जोखिम नरहेको चीनतर्फबाट पनि आइरहेको छ । सतर्कमा बस्नका लागि सबै जनालाई आग्रह गर्न चाहन्छु,’ प्रवक्ता पोखरेलले भने ।

ड्याम नै फुटेको भन्ने नभएको तर ग्ल्यासियरहरू भने फुटेको कारणले लेदोसहितको पानी ओभरफ्लो हुन पुगेको उनले बताए ।

‘कतै ड्याम फुटेको भन्ने छैन । सामान्य ग्ल्यासियरहरू फुटेको हुनाले धेरै ठाउँमा पानी लेदोसहितको ओभरफ्लो भएको छ,’ प्रवक्ता पोखरेलले भने, ‘त्यस्तो ठूलो जोखिम तत्कालै देखिएको छैन, तर सतर्क हुनका लागि भने आवश्यक छ ।’

केहीबेर अघि रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चीनतर्फ जमेको ताल फुटेको सूचना चिनियाँ पक्षबाट आफूले पाएको बताएका थिए ।

अहिले नदी आसपासमा रहेका मानिसहरूलाई सुरक्षाकर्मीहरूले सुरक्षित स्थानतर्फ पठाइरहेका छन् ।

💬 प्रतिक्रिया दिनुहोस्