📢 विज्ञापन (900 × 80) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्
📅
वि.सं. २०८३ कार्तिक २४, सोमबार ९ नोभेम्बर २०२६ (Monday)
📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्
राजनीति

‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा दर्ता हुँदै

काठमाडौं ।
‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा दर्ता हुँदै
‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा दर्ता हुँदै तस्बिर: बर्दिया टाइम्स
सेयर गर्नुहोस्: Facebook WhatsApp Twitter (X)

काठमाडौं । प्रस्तावित राष्ट्रवादी ‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा विधिवत् दर्ता हुने भएको छ । नेता डा.वलशमशेर राणाले  प्रस्तावित दल आज निर्वाचन आयोगमा दर्ता हुने जानकारी दिएका हुन् ।

दल दर्ताको अवसरमा पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई दिउँसो १२ बजे निर्वाचन आयोगमा उपस्थित हुन पार्टी निर्माणार्थ गठित कार्यदलले राणाले आग्रह गरेका छन् ।

राष्ट्रवादी पार्टी निर्माणका क्रममा ‘नागरिक बचाउ महाअभियान’सँग भएको सहमतिअनुसार दल दर्ता प्रक्रियामा उक्त अभियानसमेत सहभागी हुने तयारी गरिएको भएपनि दुर्गा प्रसाईँ भने आजको दल दर्ता कार्यक्रममा सहभागी नहुने भएका छन् । तत्काल दल दर्ता गर्न प्रसाईँ र राणाबीच फरक धारणा बनेपछि अहिले राणाले मात्र दल दर्ता गर्ने भएको बताइएको छ ।   

यसैबीच, प्रस्तावित ‘जय नेपाल पार्टी’ दर्ता भएको एक साताभित्र प्रस्तावित दल र ‘नागरिक बचाउ महाअभियान’बीच एकीकरण गर्ने सहमति भएको पनि राणाले जानकारी दिएका छन् ।

कार्यदलले दल निर्माण तथा एकीकरण प्रक्रियाबारे अन्य कुनै प्रकारको भ्रममा नपर्न सम्बन्धित सबैलाई आग्रह गर्दै उनले पार्टी निर्माणका लागि गठित कार्यदलले सहमतिअनुसार नै प्रक्रिया अघि बढिरहेको स्पष्ट पारेका छन् ।

📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

admin

बर्दिया टाइम्सका आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा समर्पित।

📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *