📢 विज्ञापन (900 × 80) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्
📅
वि.सं. २०८३ कार्तिक २४, सोमबार ९ नोभेम्बर २०२६ (Monday)
📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्
विश्व समाचार

कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

काठमाडौँ, साउन २६ गते ।
कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु
कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु तस्बिर: बर्दिया टाइम्स
सेयर गर्नुहोस्: Facebook WhatsApp Twitter (X)

काठमाडौँ, साउन २६ गते । कोलम्बियामा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ । भूकम्पपछि देशमा आपत्काल घोषणा गरिएको छ। भवनहरू भत्किँदा अझै धेरै मानिस पुरिएको आशंका गरिएकाले मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

कोलम्बियाको भूगर्भ सेवा विभागका अनुसार स्थानीय समयअनुसार बिहान ७ः३४ बजे (१२ः३४ जीएमटी) चोको प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्प १०३ किलोमिटर गहिराइमा गएको थियो। पश्चिमी कोलम्बियाका सयौँ किलोमिटर क्षेत्रसम्म भूकम्पको धक्का महसुस गरिएको थियो।

कोलम्बियाको कफी उत्पादन क्षेत्रको सहर पेरेइरामा भूकम्पबाट सबैभन्दा बढी जनधनको क्षति भएको छ। आसपासका सहर तथा भाये डेल काउका क्षेत्र पनि भूकम्पबाट प्रभावित भएका छन्।

भूकम्पको केन्द्रबिन्दु चोको प्रान्तको सान होसे डेल पालमार गाउँनजिकै रहेको थियो। तर गाउँमा जाने र बाहिरिने सडकमा क्षति पुगे पनि त्यहाँ मानवीय क्षति नभएको स्थानीय प्रमुख लियोन फाबियो मारिन मोनकाडाले बताउनुभएको छ।

भूकम्पको केन्द्रबिन्दुबाट करिब ५५ किलोमिटर टाढा रहेको पेरेइरा सहरमा भने ठुलो क्षति भएको छ।

बीबीसीले प्रमाणीकरण गरेका भिडियोमा सहरको मुख्य चोक प्लाजा बोलिभारमा कम्तीमा एउटा भवन भत्किएको देखिन्छ। भवन भत्किँदा चोकमा भग्नावशेष र धुलो फैलिएको थियो। घटनाका बेला चोकमा ठुलो सङ्ख्यामा मानिस भेला भएका थिए।

स्थानीय अधिकारीका अनुसार पेरेइराको महानगरीय क्षेत्रमा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने ६५ वटा भवन भत्किएका छन्। तीमध्ये १५ वटा भवनमा मानिसहरू पुरिएको आशंका गरिएको छ।

सहरका केही क्षेत्रमा मङ्गलबार स्थानीय समयअनुसार बिहान ५ बजेसम्म कर्फ्यु लगाइएको बीबीसीमा उल्लेख छ।

पेरेइराभन्दा करिब १६० किलोमिटर दक्षिण र भूकम्पको केन्द्रबिन्दुबाट करिब २०० किलोमिटर टाढा रहेको काली सहरमा ३२ वटा भवन भत्किएका छन्।

यसैगरी, मनिजालेस, क्विब्डो र मेडेलिन सहरमा पनि मानवीय क्षति भएको खबर प्राप्त भएको छ। चोको र भाये डेल काउका क्षेत्रका विभिन्न स्थानमा पनि भूकम्पबाट क्षति पुगेको छ।

📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

admin

बर्दिया टाइम्सका आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा समर्पित।

📢 विज्ञापन स्पेस (९०० × १००) — यहाँ तपाईंको विज्ञापन देखाउनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *