विज्ञापन
📅
B.S. 2083 Kartik 26, Thursday 12 November 2026

कांग्रेसले बोलायो प्रमुख प्रतिपक्षी दलको बैठक, यी विषयमा हुँदैछ छलफल

कांग्रेसले बोलायो प्रमुख प्रतिपक्षी दलको बैठक, यी विषयमा हुँदैछ छलफल
कांग्रेसले बोलायो प्रमुख प्रतिपक्षी दलको बैठक, यी विषयमा हुँदैछ छलफल तस्बिर: बर्दिया टाइम्स

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारका विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक आह्वान गरेको छ ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने भएको हो ।

बैठकमा कांग्रेससँगै प्रतिपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई बोलाइएको छ ।

💬 Comments & Discussion