काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) ले अभिजीत दीपके, सौरव दास र आशुतोष रांकालाई प्रहरीले हिरासतमा लिएको दाबी गरेको छ ।
सीजेपीले वक्तव्य जारी गर्दै शनिबार दिल्लीमा विमानभित्रैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको दाबी गरेको हो ।
सीजेपीका अनुसार तीनै जना नेता मुम्बईबाट दिल्ली आएका थिए । त्यसै क्रममा अभिजीत दीपके सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारणमा आएका थिए ।
त्यसपछि उनीहरूलाई हिरासतमा लिइएको पार्टीको दाबी छ । दिल्ली प्रहरीको कदमलाई सीजेपीले ‘तानाशाहीपूर्ण’ भन्दै तीनै जना नेताको तत्काल बिनासर्त रिहाइको माग गरेको छ । ‘यो कारबाही मानिसहरूको आवतजावत गर्ने स्वतन्त्रताको खुला उल्लंघन हो,’ सीजेपीले भनेको छ ।
यसअघि चर्चित युट्युबर ध्रुव राठी र सीजेपीकी कानुनी मामिला प्रमुख रत्ना सिंहलाई पनि प्रहरीले हिरासतमा लिएको खबर सार्वजनिक भएको थियो ।

💬 प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिन वेबसाइटमा दर्ता / लगइन हुनुपर्छ
यस समाचारमा केवल दर्ता भएका सदस्यहरूले मात्र प्रतिक्रिया दिन सक्नेछन्।