विज्ञापन
📅
B.S. 2083 Kartik 25, Wednesday 11 November 2026

एनपीएलमा आज दुई खेल हुँदै, यी टोली आपसमा भिड्दै

एनपीएलमा आज दुई खेल हुँदै, यी टोली आपसमा भिड्दै
एनपीएलमा आज दुई खेल हुँदै, यी टोली आपसमा भिड्दै तस्बिर: बर्दिया टाइम्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई वटा खेल हुँदै छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लाइन्स र जनकपुर बोल्ट्स भिड्ने छन् ।

लुम्बिनी लिग तालिकाको शीर्ष स्थानमा छ । जनकपुर बोल्ट्स लिग तालिकाको चौथो स्थानमा छ । उसले ४ खेल खेलमा २ जित र २ हार बेहोरेको छ ।

दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमान्डु गोर्खाज भिड्ने छन् । विराटनगर किंग्स अंक तालिकाको दोस्रो स्थानमा छ ।

यता काठमान्डु अंक तालिकाको सातौं स्थानमा छ । उसले २ खेल खेलेकोमा १ मा जित र १ मा हार बेहोरेको छ ।

स्रोत: बर्दिया टाइम्स

💬 Comments & Discussion