विज्ञापन
📅
वि.सं. २०८३ कार्तिक २५, बुधबार ११ नोभेम्बर २०२६ (Wednesday)

भोटेकोशी बाढी : चार सय ८९ को शव फेला, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ, नेपाल प्रहरीले शुक्रबार मध्यान्ह १२ बजेसम्म चार सय ८९ जनाको शव फेला परेको जानकारी दिएको छ ।
भोटेकोशी बाढी : चार सय ८९ को शव फेला, २८ प्रहरी सम्पर्कविहीन
भोटेकोशी बाढी : चार सय ८९ को शव फेला, २८ प्रहरी सम्पर्कविहीन तस्बिर: बर्दिया टाइम्स

काठमाडौँ,  नेपाल प्रहरीले शुक्रबार मध्यान्ह १२ बजेसम्म चार सय ८९ जनाको शव फेला परेको जानकारी दिएको छ । 

प्रहरीका अनुसार रसुवामा १३ जना, धादिङमा ४० जना, गोरखामा ४४ जना, नवलपरासी पूर्वमा ११२ जना, नुवाकोटामा ३७ जना, चितवनमा १८६ जना, तनहुँमा २९ जना र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको हो । 

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि चार हजार ४७३ जना प्रहरी परिचालन गरिएको छ । 

हालसम्म २८ जना प्रहरी कर्मचारीहरु सम्पर्कविहीन  छन् । घाइते तथा उद्धार गरिएको सङ्ख्या एक हजार ४७३ रहेको छ । 

काठमाडौँ उपत्यकाको विभिन्न अस्पतालहरुमा उपचाररत तथा डिस्चार्ज भएका व्यक्तिहरुको सङ्ख्या ८७ छ । 

💬 प्रतिक्रिया दिनुहोस्