विज्ञापन
📅
वि.सं. २०८३ कार्तिक २५, बुधबार ११ नोभेम्बर २०२६ (Wednesday)

भोटेकोशीमा पुनः बाढी, सतर्कता हुने स्थानीय प्रशासनको आग्रह

भोटेकोशीमा पुनः बाढी, सतर्कता हुने स्थानीय प्रशासनको आग्रह
भोटेकोशीमा पुनः बाढी, सतर्कता हुने स्थानीय प्रशासनको आग्रह तस्बिर: बर्दिया टाइम्स

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः बाढी आएको छ । ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले जानकारी दिए ।

सहायक प्रजिअ अधिकारीले बाढीका कारण मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको रसुवास्थित रासस समाचारदाता सरस्वती न्यौपानेले टेलिफोनमार्फत जानकारी दिए ।

यसअघि गत भदौ १० गते बुधबार ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको थियो ।

💬 प्रतिक्रिया दिनुहोस्